Welcome to our website !

संकटकाल नलगाउनु जीन्दगीकै ठूलो गल्ती : डा. भट्टराई

'म सही थिएँ, तर संगठनात्मक ताकत भएन'

२०७० मंसिर २८ गते १४:११ मा प्रकाशित
२८ मंसिर, काठमाडौं । पूर्वप्रधानन्त्री एवं एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले आफू प्रधानमन्ज्त्री पदमा रहेका बेला संकटकाल लगाएर भए पनि संविधानसभाको म्याद थप्न नसक्नु सबैभन्दा ठूलो भूल भएको बताउनुभएको छ ।Baburam पार्टीले चुनावमा पराजय व्यहोर्नुका कारणबारे आफ्नो फेसबुक स्टाटसमा निश्कर्ष प्रस्तुत गर्दै डा. भट्टराईले भन्नुभएको छ-’२०६९ जेठ १४ गते राति अन्तिम विकल्पको रुपमा म ले कलंकको टीका आफै गाएर भए पनि संकटकाल घोषणा गर्छु रसंविधानसभाको म्याद थप्ने प्रस्ताव लैजान्छु भन्ने सोंच बनाएर त्यसको उद्घोष पनि गरें तर अरु विपक्षीहरूका अतिरिक्त आफ्नै नेता र सहकर्मीहरुको दवाव खेप्न नसकेर पछि हटें । यो मेरो जीवनको सबभन्दा ठूलो गल्ती साबित भयो, जुन म विनम्रतापूर्वक स्वीकार्दछु ।’
एमाओवादी नेता भट्टराईले पार्टीभित्र सापेक्षितरुपमा आफूले सही काम गरे पनि आफ्ना सोच र प्रतिवद्धतालाई लागू गर्ने आवश्यक इच्छाशक्ति र संगठनात्मक ताकत नभएको भन्दै आगामी दिनमा पार्टीभि र अन्य पार्टीका व्यक्तिहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । ‘व्यक्तिगत रुपमा समय-समयमा मैले सापेक्ष रुपले सही सोंच राखें र सही कुरा पनि उठाएँ । त्यसनिम्ति मबाट जनताले धेरै आशा राखे र ममाथि भरोसा पनि गरे । तर, मसंग आफ्नै सोंच र प्रतिबध्दतालाई लागू गर्ने आवश्यक इच्छाशक्ति र संगठनात्मक तागत भएन ।’ उहाँको थप भनाइ छ,’आगामी दिनमा म आफ्नो पार्टी अतिरिक्त समान सोंच भएका अन्य पार्टीभित्रका र गैर-पार्टी व्यक्ति तथा संस्थासंग सहकार्य गरेर अघि बढ्नेछु ।’
सङ्खुवासभा- जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। हिमपातपछि चिसोका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। गुफापोखरी, मङ्गलबारे, चौकी लगायतका स्थानहरुमा हिजो रातीबाटै हिउँ परिरहेको स्थानीयहरुले बताएका छन्।
चिसोका कारण मानिसहरु घरभित्रै बस्न बाध्य भएको गुफापोखरीकी स्थानीय शिक्षिका हिमा खनालले बताईन्। पाखा र चउर हिउँले ढाकिएपछि गाईबस्तु लगायतलाई चरनमा समस्या भएको छ।

हुस्सु लागेर एक्कासि चिसो बढेकाले तल्लो क्षेत्रको जनजीवन पनि प्रभावित छ। बजारका मानिसहरु पनि चोक र टोलमा आगो तापेर बसिरहेका छन्।
- See more at: http://www.nagariknews.com/main-story/story/10755#sthash.lZ0gfGhG.dpuf